पोखराबाट विरामी लिएर काठमाडौँ आउँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण

पोखराबाट विरामी लिएर काठमाडौँ आउँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण

काठमाडौँ । पोखराबाट बिरामी लिएर काठमाडौँ आउँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण गरिएको छ।


ठूलो पानी परेको र बादलले गर्दा मौसम खराबी भएपछि धादिङको थाक्रे गाउँपालिका–७ आठकिलो भन्ने ठाउँमा सुरक्षित अवतरण गराइएको हो। 

पोखराको मणिपाल अस्पतालबाट दमको बिरामी बोकेर काठमाडौँ आउँदै गरेको कैलास हेलिकप्टर सर्भिसेजको ९ एन–एएमएल हेलिकप्टर खाली चौरमा अवतरण गरिएको थाक्रे गाउँपालिका–७ का वडाध्यक्ष युवराज खतिवडाले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले खराब मौसमका कारण काठमाडौँतर्फ जान जोखिम देखिएपछि पाइलटले सुरक्षित ठाउँमा अवतरण गराएको जानकारी प्राप्त भएको बताए। 

खबरपाटी
खबरपाटी