पेरिस ओलम्पिकको महिला म्याराथनमा प्रतिस्पर्धा गर्दै सन्तोषी

पेरिस ओलम्पिकको महिला म्याराथनमा प्रतिस्पर्धा गर्दै सन्तोषी

काठमाडौं। नेपाली एथलेटिक्स खेलाडी सन्तोषी श्रेष्ठ पेरिस ओलम्पिकअन्तर्गत अहिले महिला म्याराथनमा प्रतिस्पर्धा गरिरहेकी छिन्।

प्रतिस्पर्धामा सन्तोषीको कम्तीमा राष्ट्रिय कीर्तिमान तोड्ने लक्ष्य छ। प्रतिस्पर्धामा ९१ खेलाडी छन्।

महिला म्याराथनमा २ घण्टा १६ मिनेट १६ सेकेन्डको विश्व कीर्तिमान र २ घण्टा २३ मिनेट ७ सेकेन्डको ओलम्पिक कीर्तिमान छ।


पेरिस ओलम्पिकमा नेपालबाट ७ जना खेलाडी सहभागी भएकामा ६ जनाको प्रतिस्पर्धा सकिसकेको छ। उनीहरू कसैले पनि पहिलो चरण पार गर्न सकेनन्।

खबरपाटी
खबरपाटी