भक्तपुरमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु

भक्तपुरमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु

भक्तपुरमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

शुक्रबार अक्सफोर्ड प्राक्टिकल स्कुलको बा२क ९९११ नम्बरको बसको ठक्करबाट सोही स्कुलमा अध्ययनरत सूर्यविनायक नगरपालिका‐५ कटुन्जेका रेजकुमार नेपालकी छोरी ६ वर्षीया रियान्सीको मृत्यु भएको प्रहरीले जनाएको छ।

स्कुलबाट घर फर्किने क्रममा बसबाट ओर्लिएलगत्तै सोही बसले ठक्कर दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।

बालिकाको शव परीक्षणका लागि काठमाडौं मेडिकल कलेज दुवाकोटमा राखिएको छ।

खबरपाटी
खबरपाटी