काठमाडौंमा खानेपानीको जारको मूल्य  ४७ रुपैयाँ, धेरै लिए कानूनअनुसार कारबाही

काठमाडौंमा खानेपानीको जारको मूल्य  ४७ रुपैयाँ, धेरै लिए कानूनअनुसार कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा बिक्री हुने पानीको अधिकतम खुद्रा मूल्य ९एमआरपी० समान कायम राख्न सरकारले सूचित गरेको छ ।

पानी उत्पादक कम्पनीहरूले उही प्रकारका गुणस्तर, नापतौल र परिमाणको पानीमा फरक–फरक एमआरपी लगाई बिक्री–वितरण भएको पाइएको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अधिकतम खुद्रा मूल्य ९एमआरपी० समान कायम राख्न सूचित गराएको हो । 

खासगरी होटलररेस्टुरेन्ट र व्यवसायी फर्मसँग सम्झौतागरी पानी उत्पादक कम्पनीहरूले अधिक मूल्यको एमआरपी राख्ने गरेका छन् ।

विभागका अनुसार काठमाडौं उपत्यकामा बिक्री हुने जार ९२० लिटर०को मूल्य प्रतिगोटा अधिकतम ४७ रुपैयाँ तोकिएको छ । एक लिटरको बोतल पानीको मूल्य १६ रुपैयाँ तोकिएको छ ।


यी मूल्यभन्दा फरक पर्नेगरी होटलररेस्टुरेन्टसँग सम्झौतागरी बढी मूल्यको एमआरपी राखेको भन्दै विभागले पानी उत्पादक कम्पनीहरूलाई सचेत गराएको हो । एमआरपीको नियम पालना नगरे कानूनअनुसार कारबाही गर्ने चेतावनी विभागले दिएको छ ।

खबरपाटी
खबरपाटी