काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस मिसन ०८४ घोषणा नगरी गाउँ गाउँ पुग्ने तयारीमा जुटेको छ ।
कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा सोमबार बिहान हरेक जिल्लाका पालिकामा पुगेर वास्तविक अवस्था रिपोर्टिङ गर्न केन्द्रीय सदस्य पठाउने निर्णय भएको हो ।
नेपाली कांग्रेसले अभियानलाई मिसन ०८४ नामकरण भने नगर्ने भएको छ ।
उसले क्रियाशील सस्यहरुको अवस्था, पार्टी संयन्त्रमा भइरहेको काम, पार्टीका पदाधिकारी र नागरिकको सम्बन्ध, नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधि र पार्टी तथा नागरिकको सम्बन्धसहितका विषयमा अध्ययन गरी केन्द्रमा प्रतिवेदन पेश गर्न केन्द्रीय सदस्हरुको टिओआर तोक्ने तयारी गरेको छ ।
नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीका अनुसार केन्द्रीय समितिको बैठक पछि चार महिनाको समयसहित केन्द्रीय सदस्यहरु ७७ जिल्लामा परिचालित हुनेछन् । उनीहरुले क्रियाशील सदस्यहरूको क्रियाशीलताबाटै अध्ययन गरी जनता र पार्टीको सम्बन्ध र पार्टी र जनप्रतिनिधिको सम्बन्धलाई केन्द्रमा राखेर अध्ययन गर्नेछन् ।