भारतमाथि नेपालको ऐतिहासिक जित

भारतमाथि नेपालको ऐतिहासिक जित

काभा वुमन्स नेशन्स लिग भलिबलमा नेपालले भारतलाई पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्डहलमा शनिबार नेपालले भारतलाई ३-२ को प्रतिस्पर्धात्मक सेटमा पराजित गरेको हो। पहिलो सेट नेपालले २५-१८ अंकले जितेको थियो भने दोस्रो सेट २५-१२ अंकले जितेर भारतले सेट बराबरी गरेको थियो।
त्यस्तै, तेस्रो सेटमा नेपालले २५-१७ अंकले जित हासिल गर्दा चौथो सेट भारतले २५-१८ अंकले जितेको थियो। अन्तिम सेटमा नेपालले भारतलाई १५-१३ अंकले पराजित गरेको हो।
यो नेपालको दोस्रो जित हो। पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो। अब तेस्रो खेलमा माल्दिभ्स र चौैथो खेलमा इरानसँग प्रतिस्पर्धा गर्नेछ।
भारतले भने तेस्रो सेटमा हार बेहोरेको छ। यसअघिका दुई खेलमा भारतले इरान र माल्दिभ्सलाई पराजित गरेको थियो।
प्रतियोगितामा नेपाल र भारतसँगै श्रीलंका, माल्दिभ्स र इरान सहभागी छन्। राउन्ड रोबिन लिगका आधारमा अंकतालिकाको पहिलोदेखि चौथो टोली सेमिफाइनलमा पुग्नेछन् भने पाँचो टोली प्रतियोगिताबाट बाहिरिनेछ।
सेमिफाइनलमा शीर्ष टोली र चौथो तथा दोस्रो र तेस्रो स्थानको टोलीबीच प्रतिस्पर्धा हुनेछ। मध्य एशियाका क्याटेगोरी ‘ए’ र ‘बी’मा रहेका पाँच देश प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन्।

खबरपाटी
खबरपाटी