काठमाडौं : मानव शरिरको लागि पूर्ण पौष्टिक दुध बारे समय समयमा विषयवस्तु नबुझी, निहित स्वार्थ राखी अनावश्यक रूपमा चर्चाका लागि यथार्थ विहीन रुपमा मिडिया र सामाजिक सञ्जालमा बिना प्रमाणका विषयहरु राखिएको प्रति नेपाल डेरी एसोसिएसनको ध्यानाकर्षण भएको छ ।
यहि क्रममा ग्यालेक्सी खबर टिभीले केही समय अगाडि दूध सम्बन्धी भ्रामक अनावश्यक नकारात्मक टिका टिप्पणी गरी जनमानसमा भ्रम फैलाउने उद्देश्यले प्रसारण गरिएको समाचार प्रति एसोसिएसनको ध्यान पुगेको छ । छ । एसोसिएसनले विज्ञप्ती मार्फत :
दूध आफैं एक संवेदनशील वस्तु हो । दुधलाई पूर्णता दिन कहीँ कतै केही पनि मिसाउनु पर्दैन । समय समयमा यस्तो संवेदनशील विषयमा विषयवस्तु नबुझी, निहित स्वार्थ राखी अनावश्यक रूपमा चर्चाका लागि यथार्थ विहीन रुपमा मिडिया र सामाजिक सञ्जालमा बिना प्रमाणका विषयहरु राखिएका हुन्छन् । यहि क्रममा ग्यालेक्सी खबर टिभीले केही समय अगाडि दूध सम्बन्धी भ्रामक अनावश्यक नकारात्मक टिका टिप्पणी गरी जनमानसमा भ्रम फैलाउने उद्देश्यले प्रसारण गरिएको समाचार प्रति यस एसोसिएसनको ध्यानाकर्षण भएको छ । कसले रु कहाँ रु र कहिले रु यस्तो कार्य गरेको हो भन्ने कुरा नखुलाई समग्र दुग्ध क्षेत्रलाई नै बदनाम हुने गरी समाचार प्रसारण गरिएकोले कोहि दोषी भए एसोसिएसन पनि दोषी उपर कारबाही गर्न तत्पर रहेको कुरा प्रष्ट राख्दै नेपालमा बिक्री वितरण हुने कुनै पनि दूध तथा दुग्धपदार्थमा त्यस्ता खालको अखाद्य मिसावट नभएको र प्रचारप्रसार गरिए जस्तो नक्कली दूध पनि यहाँ हाम्रो देशमा नबन्ने कुरा आम उपभोक्ता मिडियाकर्मी र सरोकारवाला सबैलाई विश्वास दिलाउन चाहेको बताएको छ ।
यदि कोही कसैले कहीँ त्यस्तो गलत प्रक्रिया गरेको पाइएमा वा देखेमा सम्बन्धित निकाय वा खाद्य तथा गुण नियन्त्रण विभागमा खबर गर्न समेत नेपाल डेरी एसोसिएसन सबैमा आग्रह गरेको छ । तर स्वदेशी किसान उद्योग र पुरै व्यवसायलाई नै असर पर्ने गरी बिना प्रमाण बदनाम गराउने उद्देश्यले गरिएका क्रियाकलापमा संलग्न जो कोही भए पनि सम्बन्धित निकायले कानुन बमोजिम कारबाही गर्न समेत अनुरोध गरेको छ । बिना प्रमाण हुने पनि कुराको प्रचारप्रसार नगर्न नेपाल डेरी एसोसिएसनले अनुरोध गरेको छ ।