प्रिसिजन क्लब मैत्रीपूर्ण खेलमा लिभरपुलले आर्सनललाई हरायो

प्रिसिजन क्लब मैत्रीपूर्ण खेलमा लिभरपुलले आर्सनललाई हरायो

प्रिसिजन क्लब मैत्रीपूर्ण खेलमा लिभरपुलले आर्सनललाई हराएको छ । अमेरिकाको लिंकन फाइनाल्सियन फिल्डमा बिहीबार राति सम्पन्न खेलमा लिभरपुलले आर्सनललाई लिभरपुल २–१ गोलअन्तरले हराएको हो ।  

लिभरपुलको जितमा मोहम्मद सलाह र फाबियो कार्भाल्होले समान एक गोल गरे ।

आर्सनलका लागि काई हावर्ट्जले एक गोल फर्काए ।

खेलमा १३औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए । ३४औं मिनेटमा कार्भाल्होले लिभरपुललाई २–० ले अघि बढाए । 

४०औं मिनेटमा हावर्ट्जले गोल गरे पनि आर्सनलले हार टार्न सकेन ।  
 

खबरपाटी
खबरपाटी