एआईजी ज्ञवालीमाथि छानबिन हुँदै

एआईजी ज्ञवालीमाथि छानबिन हुँदै

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीमाथि छानबिन गर्न समिति बनाएको छ ।

प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन शाखामा एआईजी ज्ञवालीमाथि विभिन्न प्रकारका उजुरी परेपछि उनीमाथि छानबिन गर्न लागेको हो ।

ज्ञवालीमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयकै प्रशासन विभागमा कार्यरत अर्का एआईजी टेकप्रसाद राईको नेतृत्वमा समिति बनाएको छ । 

प्रहरी महानिरीक्षकको निर्देशनमा चल्ने सीआईबीका प्रमुख ज्ञवालीले आफूखुसी काम गरेकोदेखि आईजीपी वसन्त कुँवरको जानकारीबिना केहीलाई अभद्र व्यवहारमा समेत मुद्दा चलाइएको खुलेपछि छानबिन थालिएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।

खबरपाटी
खबरपाटी