ग्लोबल टी–२० लिगमा रोहित पौडेल आबद्ध टोरोन्टो पराजित

ग्लोबल टी–२० लिगमा रोहित पौडेल आबद्ध टोरोन्टो पराजित

नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरेन्टो नेसनलले ग्लोबल ट्वान्टी–२० क्यानडा क्रिकेट लिगमा लगातार दोस्रो हार बेहोरेको छ । क्यानडामा गएराति भएको खेलमा बंगला टाइगर्स मिसिसाउगासँग टोरेन्टो दुई रनले पराजित भएको हो ।

यो खेलमा रोहित भने प्लेइङ ११ मा परेका थिएनन् ।  जितसँगै टाइगर्सले तीन खेलबाट चार अङ्क जोडेको छ । एक खेल बढी खेलेको टोरन्टोकोको पनि समान चार अङ्क रहेको छ ।

नेपाली खेलाडी सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी आबद्ध क्लब भानकुवर नाइट्स ३ खेलमा खाता पनि खोल्न नसकेर पुछारमा रहेको छ ।

खबरपाटी
खबरपाटी