सहकारी छानबिन विशेष समितिमा पाण्डेको स्थानमा बडू

सहकारी छानबिन विशेष समितिमा पाण्डेको स्थानमा बडू

काठमाडौं । प्रतिनिधि सभाले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा नेपाली कांग्रेसका तर्फबाट सदस्य रहेका बद्रीप्रसाद पाण्डेको स्थानमा दिलेन्द्रप्रसाद बडूको नाम हेरफेर गरेको छ । पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भएसँगै मंगलबार बसेको प्रतिनिधि सभा बैठकले उनको ठाउँमा बडूलाई ल्याएको हो ।

त्यसैगरी नेपाली कांग्रेसका सांसद सीता गुरुङ कानुन, न्याय तथा मानव अधिकार समितिबाट पूर्वाधार विकास समितिमा र मोहनबहादुर बस्नेत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट सार्वजनिक लेखा समितिमा स्थानान्तरण भएका छन् । 

प्रतिनिधि सभाले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा प्रतिनिधि सभाका तर्फबाट सदस्यहरूको मनोनयन गरेको छ ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा संघीय संसद्का संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा प्रतिनिधि सभाको तर्फबाट सदस्यहरूको मनोनयन गरेको हो ।

बैठकमा सभामुख देवराज घिमिरेले समिति सदस्यहरूमा ठाकुरप्रसाद गैरे, दिलेन्द्रप्रसाद बडू, देवप्रसाद तिमल्सिना, प्रतिमा गौतम, प्रभु हजारा, बुद्धिमान तामाङ, शान्ति वि।क।, सन्तोष परियार, सरस्वती सुब्बा, हितराज पाण्डे र हेमराज राईलाई मनोनयन गरिएको घोषणा गरे । 

त्यस्तै प्रतिनिधि सभा बैठकले राष्ट्रिय सभामा उत्पत्ति भएको सुरक्षित कारोबार ९पहिलो संशोधन० विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।


प्रतिनिधि सभाको आगामी बैठक साउन २० गते आइतबार दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ ।

खबरपाटी
खबरपाटी