पोखरामा विद्यार्थी बोकेको बस दुर्घटना

पोखरामा विद्यार्थी बोकेको बस दुर्घटना

काठमाडौँ । पोखराको बिरौटामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा भएको छ ।

पोखरा महानगरपालिका– १७ बिरौटामा रहेको एलपी मेमोरियल इङ्ग्लिस बोर्डिङ स्कूलको ग १ क ६२१९ नम्बरको बस दुर्घटनामा परेको हो ।


प्रारम्भिक जानकारीअनुसार मट्टिखानबाट विद्यार्थी लिएर स्कूलतर्फ जाँदै गरेको बसमा २२ विद्यार्थी, चालक र एक सहयोगी रहेको बताइएको छ ।

बस करिब ६० मिटर तल सडकमा खसेको थियो । थप जानकारी आउन बाँकी छ ।

खबरपाटी
खबरपाटी