आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार प्रतितोला १ हजार रुपैयाँले बढेको सुनको मूल्य सोमबार ४ सय रुपैयाँले बढेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख ४६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन प्रतितोला १ लाख ४५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार तेजाबी सुन प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन प्रतितोला १ लाख ४५ हजार कारोबार भएको थियो ।
यस्तै, सोमबार चाँदी १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।