गोरखाको धार्चेमा पहिरो, पाँचजना बेपत्ता

गोरखाको धार्चेमा पहिरो, पाँचजना बेपत्ता

काठमाडौं । गोरखाको धार्चेमा पहिरो जाँदा पाँचजना बेपत्ता भएका छन् ।

गएरातिदेखि परेको वर्षासँगै पहिरो जाँदा धार्चे गाउँपालिका–५, रेसामा घर र कृषि फर्म बगाएको गोरखाका प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

"स्थानीयका अनुसार पाँचजना बेपत्ता भएको जानकारी हामीलाई आएको छ । प्रहरी टोली घटनास्थल जाँदै छ," प्रहरी नायव उपरीक्षक श्रेष्ठले भने ।

प्रहरी टोली पुगेपछि घटनाको विस्तृत विवरण आउने उनले जानकारी दिए ।

खबरपाटी
खबरपाटी