नेपालका कम्युनिस्ट पार्टी सत्ता, भत्ता, पैसा र पदलाई नै साम्यवाद ठान्छन् : उपेन्द्र यादव

नेपालका कम्युनिस्ट पार्टी सत्ता, भत्ता, पैसा र पदलाई नै साम्यवाद ठान्छन् : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालका कम्युनिस्ट पार्टी सत्ताका निम्ति कल्पना नै गर्न नसकिने गरी गिर्ने गरेको टिप्पणी गरेका छन् । नेपालका कम्युनिस्ट नेताले सत्ता, भत्ता, पैसा र पदलाई साम्यवाद ठान्ने गरेका उनको जिकिर थियो ।

शनिबार काठमाडौंमा पुष्पलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा उनले सत्ताका निम्ति कम्युनिस्टले राजावादीसँग पनि सहकार्य गर्ने गरेको बताए । आफ्नो दर्शन र चिन्तन हराएपछि नेपालका कम्युनिस्ट पार्टीमा अवसरवाद मात्र बाँकी रहेको उनको भनाइ थियो ।

अध्यक्ष यादवले सही बाटोमा रहेका केही कम्युनिस्ट पार्टीहरूले भने मुलुकमा दुःख पाउनुपरेको टिप्पणी गरे ।

उक्त कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, लगायत नेता सहभागी थिए ।

खबरपाटी
खबरपाटी