दुर्घटनामा परेका सौर्य एयरलाइन्सका क्याप्टेन मनिष शाक्यको उद्धार गरी अस्पतालमा लगियो

दुर्घटनामा परेका सौर्य एयरलाइन्सका क्याप्टेन मनिष शाक्यको उद्धार गरी अस्पतालमा लगियो

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । ९ एनए एमई कलसाइनको उक्त जहाजमा लागेको आगो अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् ।


पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको स्रोतले जनाएको छ। विमानस्थलमा आगलागी भइ धुवाँ उडिरेहेको छ । सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् । यसैबीच जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको विमानस्थल स्रोतले जानकारी दिएको छ । अन्य यात्रुको अवस्था भने अज्ञात रहेको छ ।

खबरपाटी
खबरपाटी