ग्राउन्ड ह्यान्डलिंगमा आवद्ध रहेका नवराज कहिल्यै घर नफर्कने गरि अस्ताए

ग्राउन्ड ह्यान्डलिंगमा आवद्ध रहेका नवराज कहिल्यै घर नफर्कने गरि अस्ताए

काठमाडौं - लामो समय देखि सौर्य एअरमा आवद्ध रहनु भएका मगर आले नवराज पनि बुधबारको विमान दुर्घटनामा पर्नुभएको छ । नुवाकोट तारुका गाउपालिका वडा नं. २ माझीटारका  ४२ वर्षका  नवराज लामो समय देखि सौर्य एअरको ग्राउन्ड ह्यान्डलिंग मा आवद्ध रहनु भएको थियो । 

नवराज हाल बानेश्वर स्थीत शान्तीनगरमा श्रीमती र २ छोरा सहीत बसोबास गर्नुहुन्थ्यो । अहिले परिवारको विचल्ली भएको छ । बुधबार बेलुका श्रीमान र बाबाको पर्खाइमा रहेका परिवार नवराज रहेनन भन्ने खबरले स्तब्ध बनेको छ । श्रीमती अर्थचेत अवस्थामा रहेकी छिन । भने छोराहरु अझै बाबाको अप्रिय खबर सुन्ने अवस्थामा छैनन । परिवारको खम्बा एक मात्र साहारा रहेका नवराज सधै ड्युटी सकेर समयमा घर आउनुहुन्थ्यो । परिवार आज पनि सधैको जस्तै पर्खाइमा रहेको थियो तर के थाहा अकस्मात यस्तो अप्रिय खबरले वास्तविकता झल्काउछ भन्ने । 
खबरपाटीको टिम नवराजको घर पुग्दा नवराजकी श्रीमती अर्धचेत अवस्थामा रहेकी थिईन भने अन्य सदस्य यो दुखद खबरले स्तब्ध रहेका छन ।
स्व. नवराज साथै आजको विमान दुर्घटनामा ज्यान गुमाउनेहरु प्रति खबरपाटी मिडिया ग्रुपले भावपूर्ण समवेदना व्यक्त गर्दछ । 

खबरपाटी
खबरपाटी