अहिलेसम्म १३ सय नेपाली बंगलादेशबाट स्वदेश फर्किए

अहिलेसम्म १३ सय नेपाली बंगलादेशबाट स्वदेश फर्किए

काठमाडौं । बंगलादेशबाट अहिलेसम्म १३ सय नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार सोमबार १२६ विद्यार्थी स्वदेश फर्किएका छन् ।


त्यसमध्ये १ सय १४ जना विद्यार्थीहरु भारत हुँदै काँकडभिट्टा नाकाबाट नेपाल फर्किएका हुन् । बंगलादेशमा केही दिनयता आरक्षण कोटाविरुद्धको आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम जारी छ ।

सो आन्दोलनका क्रममा १ सय ५० भन्दा बढीको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

 

 

खबरपाटी
खबरपाटी