फाइनल खेलमा ऐरीलाई किन गरियो ‘रिटायर्ड हर्ट’ ? के भन्छन कप्तान क्रिस लिन ?
२२ साउन २०८०, सोमवार
काठमाण्डौ – महिला एशिया कप टी–२० क्रिकेट प्रतियोगितामा आज समूह "बी" का दुई वटा खेल हुँदैछन् ।
दिउँसो पौने ३ बजे हुने पहिलो खेलमा श्रीलङ्का र मलेसियाबीच प्रतिस्पर्धा हुने छ । श्रीलङ्का दुई अङ्कका साथ समूहको दोस्रो स्थानमा र पहिलो खेल हारेको मलेसिया अङ्कविहीन हुँदै पुछारमा छ ।
यस्तै आजै बेलुका सवा ७ बजे थाइल्यान्ड र बङ्गलादेश खेल्दैछन् । पहिलो खेल जितेको थाइल्यान्ड दुई अङ्कका साथ रन रेटका आधारमा पहिलो स्थानमा छ । पहिलो खेल हारेको बङ्गलादेश तेस्रो स्थानमा छ ।
प्रतियोगिताअन्तर्गत हिजो भएको खेलमा नेपाल पाकिस्तानसँग नौ विकेटले पराजित भएको छ । हिजै भएको पहिले खेलमा भारतले यूएइलाई ७८ रनले हरायो ।