राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक  बस्दै

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्दैछ ।

बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्नेछ ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने÷नदिने निर्णय गर्नेछ । साथै पछिल्ला राजनीतिक समसामयिक घटनाक्रम र उपसभामुख इन्दिरा रानाको बारेमा उठेका प्रश्नमाथि बैठकमा छलफल हुनेछ बताइएको छ ।

खबरपाटी
खबरपाटी