रमेश वडाल फेरि महान्यायाधिवक्तामा नियुक्त

रमेश वडाल फेरि महान्यायाधिवक्तामा नियुक्त

वरिष्ठ अधिवक्ता रमेश वडाल महान्यायाधिवक्तामा नियुक्त  भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले  बुधबार वडाललाई महान्यायाधिवक्ता नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।
वडाल दोस्रो पटक महान्यायाधिवक्ता नियुक्त भएका हुन्। उनी २०७७ चैत ०८ गतेदेखि २०७८ असार २९ गतेसम्म महान्यायाधिवक्ता थिए।
यसअघिका महान्यायाधिवक्ता दीनमणि पोखरेलको राजीनामा मंगलबारै स्वीकृत भइसकेको छ।
 

खबरपाटी
खबरपाटी