नारायणी नदीमा बेपत्ता यात्रुको खोजी सुरु

नारायणी नदीमा बेपत्ता यात्रुको खोजी सुरु

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा नारायणी नदीमा बेपत्ता यात्रुको खोजी सुरु भएको छ ।  सशस्त्र प्रहरी बल नेपाल विपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोरसहितको टोलीले खोजी तथा उद्धार सुरु गरेको हो । 

सशस्त्र प्रहरीबाट ४५ जना र विपद् ब्यबस्थापन तालिम शिक्षालबाट ७ जना गोताखोरसहित २५ जना परिचालन भएको सशस्त्र प्रहरीबलका सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । 

दुईवटा बस बगाउँदा करिब ६० यात्रु बेपत्ता भएको प्रहरीले जनाएको छ । 

 

खबरपाटी
खबरपाटी