काठमाडौंबाट गौर तर्फ यात्रा गरिरहेका १४ जनाको पहिचान खुल्यो

काठमाडौंबाट गौर तर्फ यात्रा गरिरहेका  १४ जनाको पहिचान खुल्यो

काठमाडौं – काठमाडौंबाट गौर तर्फ आउने क्रममा आज बिहान पहिरोमा परेर बेपत्ता भएको गणपति डिलक्स बसमा यात्रा गरिरहेका ३१ जना यात्रु मध्ये १४ जना यात्रुको नाम लिस्ट सार्वजनिक भएको छ।

काठमाडौंबाट गौर आइरहेको बागमती प्रदेश ०३ -००१ख २४९५ नम्बरको बसमा सवार ३१ जना मध्ये रौतहट देवाही गोनाही नगरपालिका १ करुनियाका अधिकारी दासको छोरा नन्दन दाससहित २ जना र वृन्दावन नगरपालिका सिसवा धमौराका एकजना गरी तीनजना केविन बाट हामफालेर ज्यान जोगाएका थिए । हामफालेर ज्यान जोगाउन सफल भएका मध्ये एकजना नन्दन दास रहेको देवाही गोनाहीका पूर्व मेयर धर्मेन्द्र पटेलले बताएका छन ।

बसमा यात्राको क्रममा ३१ जना यात्रु मध्ये १४ जनाको नामले टिकट काटिएको देखिएको छ। आधिकारिक स्रोतका अनुसार काठमाडौंबाट गौर तर्फ आउने यात्रुहरुमा शैलेन्द्र, राजकिशोर, ओमजी, वकील खान, सिकेन्द्र, प्रिन्स जैसवाल, राज पटेल, नन्दन दास, शम्भु, नवीन, हरिश्चन्द्र, अमिता, नन्दुजीको नामले टिकट काटिएको छ।

नन्दुको नामबाट ५ जनाको सिट बुक भएको देखिन्छ । यसैगरी शम्भु र नवीनको नामबाट ४ जनाको सिट बुक भएको छ । जोरपाटी काउन्टरका लागि ५ सिट छुट्याइएको छ । जोरपाटीबाट चढेका यात्रुहरूको नाम पनि उल्लेख छैन ।

खबरपाटी
खबरपाटी