सप्तकोशी नदीको बहाव उच्च भएपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिए

सप्तकोशी नदीको बहाव उच्च भएपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिए

काठमाडौं । सप्तकोशी नदीको बहाव उच्च भएपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ ।
पानीको बहाव अत्याधिक बढेपछि आइतबार बिहान ९ बजेदेखि सबै ढोका खोलिएको हो ।

बिहान सप्तकोशीमा पानीको बहाब प्रति सेकेन्ड ३ लाख ६८ हजार क्युसेक मापन गरिएपछि ५६ वटै ढोका खोलिएको सुनसरी प्रहरीले जनाएको छ ।

वर्षा नरोकिएकाले नदीमा पानीको बहाव बढ्ने क्रममा रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । सप्तकोशी नदीको नजिक रहेका उदयपुर, सुनसरी र सप्तरी जिल्लाका बासिन्दालाई सुरक्षित रहन भनिएको छ ।

खबरपाटी
खबरपाटी