जसपाले अशोक राई नेतृत्वको आजै मन्त्री फिर्ता बोलाउने

जसपाले अशोक राई नेतृत्वको आजै मन्त्री फिर्ता बोलाउने

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी ९जसपा०ले पनि मन्त्रीहरुलाई आजै फिर्ता बोलाउने भएको छ । नयाँ सत्ता समीकरणका लागि कांग्रेस र एमालेबीच भएको सहमतिलाई समर्थन गर्दै जसपाले वर्तमान सरकारमा सहभागी मन्त्री फिर्ता बोलाउने तयारी गरेको हो । पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले आजै मन्त्री फिर्ता बोलाउने जानकारी दिए।

राई नेतृत्वको जनता समाजवादी पार्टी ९जसपा० उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट केही महिनअघि मात्रै छुट्टिएको हो । यादवले प्रधानमन्त्री दाहालकै षड्यन्त्रमा आफ्नो पार्टी फुटाइएको दाबी गर्दै आएका छन् । अहिले प्रधानमन्त्री दाहाल अल्पमतमा परेपछि सो पार्टीले पनि समर्थन फिर्ता लिने भएको हो ।


यसअघि बुधबार बेलुका एमालेका ८ जना मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा दिएका थिए। उनीहरूको राजीनामा स्वीकृत भइसकेको छ । बुधबार बसेको एमालेको सचिवालय बैठकले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरू पनि बिहीबार बिहान राजीनामा बुझाउन बालुवाटार गएका थिए । प्रधानमन्त्रीले आफूले संसद फेस गर्ने तयारी गरेकाले सो अवधिसम्म साथ दिन आग्रह गरेपछि उनीहरू राजीनामा नगरी फर्केका छन् ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, महन्थ ठाकुर नेतृत्वको लोसपा र सिके राउत नेतृत्वको जनमतलगायत पार्टीले पनि नयाँ समीकरणबाट बन्ने सरकारलाई समर्थन गर्ने जनाइसकेका छन् । 

खबरपाटी
खबरपाटी