बिहीबार बढ्यो सुनको मूल्य ,कतिमा भइरहेको छ कारोबार ?

बिहीबार बढ्यो सुनको मूल्य ,कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा एक हजार ६०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ४४ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ७०० मा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य तोलाको एक लाख ४३ हजार ६०० रुपैयाँ तोकिएको छ । बुधबार तेजाबी सुन प्रतितोला एक लाख ४२ हजारमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलाको एक हजार ८६५ रुपैयाँ निर्धारण गरिएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८२५ मा कारोबार भएको थियो ।

खबरपाटी
खबरपाटी