पम्फा भुसाल र जर्ज मेन्डिजसहितका दूतहरुलाई प्रधानमन्त्रीले भारत पठाए

पम्फा भुसाल र जर्ज मेन्डिजसहितका दूतहरुलाई प्रधानमन्त्रीले भारत पठाए

 काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो गुमिसकेको सत्ता जोगाउन अन्तिम कसरत स्वरुप आफ्ना केही सहयोगीहरुलाई दूतका रुपमा  भारत तर्फ पठाएका छन् । प्रचण्डले माओवादी नेतृ पम्फा भुसाल र लामो समयदेखि नेपालमा बस्दै आइरहेका विवादास्पद छविका अमेरिकी नागरिक  जर्ज मेण्डिजलाई बुधवार साँझ नयाँ दिल्ली तर्फ पठाएका हुन् ।

प्रचण्डले पठाएका भुसाल तथा मेण्डिज लगायतले भारतीय जनता पार्टीका अध्यक्ष जगत प्रकाश नाडा,भाजपा नेता तथा गृहमन्त्री अमित शाह र विदेश मन्त्री  एस जयशंकरलाई भेटेर प्रधानमन्त्री प्रचण्डलाई  सत्तामा कायम राखिरहन आवश्यक वातावरण मिलाइदिन आग्रह गर्ने बताइएको छ ।

 उनीहरुले प्रधानमन्त्री प्रचण्डको सत्ता जोगिएमा  आगामी दिनमा भारतकै निर्देशन अनुसार अघि बढ्ने सन्देश समेत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष पु¥याइदिन आग्रह गर्ने गरी त्यस तर्फ गएको स्रोतको दावी छ । प्रचण्ड प्रधानमन्त्री कायम हुन नसक्ने अवस्था आएमा  आगामी ३ वर्ष काग्रेस सभापति शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बन्ने गरी आवश्यक वातावरण मिलाइदिन आग्रह गर्ने गरी भुसाल र मेण्डिज सहितको टोली नयाँ दिल्ली पुगेको स्रोतको जिकिर छ ।

 नयाँ दिल्ली पुगेको भुसाल लगायतको समूहले बुधवार राती नै  भारतीय गृहमन्त्री अमित शाहका स्वकीय सचिवहरुलाई भेट गरिसकेको र अन्य नेताहरुलाई आज भोलिमा भेट्ने गरी सक्रियता बढाएको जनाइएको छ ।
 

खबरपाटी
खबरपाटी