रविलाई विश्वप्रकाशको जवाफ – अहिले पनि गृहमन्त्री हुनुहुन्छ, भ्रष्टाचारको फाइल खोल्नुस्

रविलाई विश्वप्रकाशको जवाफ – अहिले पनि गृहमन्त्री हुनुहुन्छ, भ्रष्टाचारको फाइल खोल्नुस्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारसम्बन्धी फाइल खोल्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कसैले नरोकेको बताएका छन् ।

मंगलबार गृहमन्त्री लामिछानेले भ्रष्टाचारसम्बन्धी फाइल खोलेकोले नयाँ सत्ता समिकरण बनेको बताएपछि शर्माले यस्तो भनेका हुन् ।


कांग्रेस कार्यसम्पादन बैठकपछि शर्माले भने, ‘भ्रष्टाचारको फाइल खोल्दै थियौं त्यस कारण सरकारबाट हटाइयो भन्नुहुन्छ। अहिले पनि गृहमन्त्री हुनुहुन्छ। प्रधानमन्त्रीले राजीनामा दिए आज साँझसम्म हुनुहुन्छ। नदिए एक महिना हुनुहुन्छ ।’


उनले फाइल खोलेर छानबिन गर्नसमेत चुनौती दिए । भ्रष्टाचारको नियन्त्रण गर्न सबैभन्दा बलियो कानून कांग्रेसले बनाएको उनको भनाइ छ ।

कांग्रेस एमाले गठबन्धनले भ्रष्टाचार नियन्त्रण गर्न कुनै आग्रह पूर्वाग्रह नराखी काम गर्ने पनि उनले बताए । उनले गिरीबन्धुसहित सबै भ्रष्टाचारको फाइल आफ्नो सरकारले खोल्ने जिकिर गरे ।

खबरपाटी
खबरपाटी