एमाले अध्यक्ष ओली पुगे कांग्रेस पार्टी कार्यालय

एमाले अध्यक्ष ओली पुगे कांग्रेस पार्टी कार्यालय

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेस पार्टी कार्यालय सानेपा पुगेका छन् ।

गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दीको अवसरमा आयोजित फोटो प्रदर्शनी अवलोकनका लागि मंगलबार दिउँसो ओली सानेपा पुगेका हुन् । 

ओलीलाई कांग्रेस नेताहरूले सानेपामा स्वागत गरेका थिए ।

सोमबार मात्र नेकपा एमाले र कांग्रेसबीच नयाँ सरकार गठनको सहमति भएको थियो । सहमतिअनुसार ओली पहिलो कार्यकालको प्रधानमन्त्री बन्दैछन् ।


सानेपामा राजनीतिक परिवर्तनका गिरिजाप्रसाद कोइरालाको योगदानबारे प्रवचन कार्यक्रम छ । जहाँ, नेसपा अध्यक्ष डा। बाबुराम भट्टराई लगायतले सम्बोधन गर्ने भएका छन् ।

खबरपाटी
खबरपाटी