देउवाले ओलीसहितको बैठकमा प्रधानमन्त्री दाहाललाई पनि बोलाए

देउवाले ओलीसहितको बैठकमा प्रधानमन्त्री दाहाललाई पनि बोलाए

काठमाडौँ । कांग्रेस सभापति सभापति शेरबहादुर देउवाले राष्ट्रिय सरकार निर्माण गर्ने भन्दै एमाले र माओवादीका शीर्ष नेताको बैठक बोलाएका छन् । देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरी मंगलबार हुने बैठकमा सहभागी हुन आग्रह गरेका छन् ।
 

देउवाले ओलीसहितको बैठकमा प्रधानमन्त्री दाहाललाई पनि बोलाए

देउवाजीले राष्ट्रिय सरकार बनाउने भन्दै प्रधानमन्त्रीलाई तीन दलका शीर्ष नेताको बैठकमा बोलाएको अर्थमन्त्री वर्षमान पुनले जानकारी दिए ।


‘देउवाजीले राष्ट्रिय सरकार बनाउने भन्दै तीन दलका शीर्ष नेताको बैठक बोलाउनु भएको छ’ उनले भने, ‘हाम्रै नेतृत्वमा राष्ट्रिय सरकार हो कि अर्को हो ?त्यसमै कुराकानी होला ।’

उनले एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीलाई गठबन्धन बनाएकोबारे औपचारिकरुपमा जानकारी नदिएको दाबी गरे ।

प्रधानमन्त्रीसँग मंगलबार बिहानको भेटमा पनि ओलीले राष्ट्रिय सरकार बनाउने कोसिस गरेको बताएको जानकारी दिए । ‘राष्ट्रिय सरकार बनाउने प्रयास हो । अरु धेरै केही होइन भनेर ओलीजीको भन्नुभएको रहेछ’ उनले भने ।


देउवाले बोलाएको बैठकमा ओली र दाहालबीच कुराकानी हुने पुनको भनाइ छ ।

खबरपाटी
खबरपाटी