आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले० नेतृत्वको नयाँ सत्ता गठबन्धनमा सहभागी नहुने भएको छ ।
आज बसेको पार्टी सचिवालय बैठकले वर्तमान सरकारबाट पार्टी बाहिरिने तर नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको पार्टी सचेतक सन्तोष परियारले जानकारी दिए ।
‘वर्तमान राजनीतिक घटनाक्रम अगाडि बढिसकेपछि अब हामी नयाँ गठबन्धनमा रहँदैनौँ । नयाँ सरकार बन्ने प्रक्रिया अगाडि बढ्नेबित्तिकै वर्तमान सरकारबाट बाहिरिन्छौँ,’ उनले भने ।
दुई ठूला शक्ति सरकारमा रहनु लोकतान्त्रिक संस्कार विपरीत रहेको भन्दै सचेतक परियारले यो गठबन्धनले राजनीतिक स्थायित्व दिनेमा रास्वपा विश्वस्त नरहेको उल्लेख गरे ।