काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल कांग्रेस–एमालेको नयाँ गठबन्धनलाई समर्थन गर्न सकारात्मक देखिएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले परिस्थिति हेरेर निर्णय लिने बताएका छन् ।
उनले शिलापत्रसँग भने, ‘अहिलेसम्म कुनै निर्णय लिएका छैनौँ, सहयोग मागेका छैनन् तर सहयोग मागेपछि दिन तयार छौँ ।’
गए राति कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएको थियो, जसअनुसार पहिलोचरणमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र दोस्रोचरणमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री सहमति भएको छ ।
साथै, संविधान संशोधन गर्ने पनि सहमति भएको छ । संविधान संशोधनका लागि दुईतिहाइ बहुमत आवश्यक भएकाले जसपा नेपालको साथ पनि यो गठबन्धनलाई आवश्यक छ । उता एमाले महासचिव शंकर पोखरेलले एजेन्डामा समर्थन जनाउने सबैलाई गठबन्धनमा सहभागी गराइने बताएका छन् ।