कांग्रेस,एमाले संविधान संशोधनको पक्षमा उभिनु हाम्रो जित होः राप्रपा

कांग्रेस,एमाले संविधान संशोधनको पक्षमा उभिनु हाम्रो जित होः राप्रपा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकका दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमाले संविधान संशोधनको पक्षमा उभिनुलाई स्वागत योग्य भनेको छ।


पार्टीको मंगलबार दिउँसो बसेको पदाधिकारी बैठकले दुई ठूला दल संविधान संशोधनको पक्षमा उभिनु आफूहरुको जित भएको राप्रपाले जनाएको छ।

पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले कांग्रेस,एमाले संविधान परिर्वतनको दिशामा अग्रसर हुन खोज्नुलाई राप्रपाले सकरात्मक रुपमा लिएको उल्लेख गरे।

उनले देश सञ्चारसँग भने,‘घटनाक्रम कसरी विकास हुन्छ त्यसलाई हेरौँ तर सबैभन्दा महत्वपूर्ण कुरा राप्रपाले सुरुदेखि संविधानले काम गर्दैन भनेर आएको परिप्रेक्क्षमा राप्रपाले भनेको कुरा प्रमाणित भयो,यो संविधानमा आमूल परिर्वतन हुन्छ भनेर हामीले भन्दै आएको हो,अहिले यो देशका दुई वटा प्रमुख पार्टी संविधान परिर्वतनको दिशामा अग्रसर हुने भनेका छन् यो सकरात्मक हो।’

कांग्रेस र एमालेले नयाँ सत्ता समीकरणको वातावरण सृजना गरेपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजिनामा नदिने भएको कारण राप्रपा सरकारमा जाने वा नजानेबारे छलफल गर्न समय बाँकी नै रहेको नेताहरु बताउँछन्।

पदाधिकारी बैठकपछि राप्रपा प्रवक्ता एवं संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राप्रपा संविधान संशोधनको गम्भीर समीक्षामा रहेको देश सञ्चारसँग बताए। सरकारमा सहभागी हुने नहुने आगामी परिस्थितीले तय गर्ने उनले जनाए।

खबरपाटी
खबरपाटी