साताको पहिलो दिन बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताको पहिलो दिन बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको हो ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।


त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

खबरपाटी
खबरपाटी