कोपा अमेरिका २०२४: अर्जेन्टिना र क्यानडा अन्तिम आठमा

कोपा अमेरिका २०२४: अर्जेन्टिना र क्यानडा अन्तिम आठमा

काठमाडौँ  । अर्जेन्टिनासँगै क्यानाडाले आइतबार कोपा अमेरिकाको अन्तिम आठको यात्रा तय गरेको छ । समूह ुएु को अन्तिम खेलमा अर्जेन्टिनाले पेरुलाई २–० ले हरायो भने क्यानडा र चिलीले गोलरहित बराबरी खेले ।

विश्वकप विजेता अर्जेन्टिनाले यससँगै लिग चरणका तीनै खेल जितेको छ र उसको अधिकतम नौ अंक भएको छ ।


लियोनल मेसीको टिमले यसअघि नै अर्को चरणको यात्रा निश्चित गरिसकेको थियो । क्यानडा भने चार अंकमा दोस्रो स्थानमा रहन सफल रह्यो । त्यस पछाडि चिलीको दुई र पेरुको एक अंक भयो । अर्जेन्टिनाले हात पारेको जितमा भने दुवै गोल लउटारो मार्टिनेजले गरे ।

उनले ४७ औं मिनेटमा पहिलो गोल गरे भने त्यसपछि ८६ औं मिनेटमा दोस्रो गोल थपे । त्यसबीचमा लियोनार्डो पारेडेस भने अर्जेन्टिनाका लागि पेनाल्टीबाट गोल गर्न चुके । मार्टिनेजले भने तीन खेलमा गरेको गोल संख्या चार पुगेको छ ।

खबरपाटी
खबरपाटी