युरोकपमा आजदेखि नकआउटका खेल

युरोकपमा आजदेखि नकआउटका खेल

काठमाडौं ।  जारी युरोकपमा आजदेखि नकआउट चरणका खेलहरु हुदै छन् । नकआउट चरणको पहिलो खेलमा आज इटाली र स्वीजरल्याण्ड खेल्दै छन् । यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि शुरु हुदै छ ।

इटाली समुह बीमा दोस्रो स्थानमा रहदै नकआउट चरणमा पुगेको हो । इटालीले समुह चरणमा खेलेका ३ खेलमा एक जित, एक बराबरी र एक हार बेहोरेको थियो ।


इटालीले पहिलो खेलमा अल्बानियालाई २-१ गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा स्पेनसँग १(० गोल अन्तरले पराजित भएको थियो । त्यस्तै अन्तिम खेलमा क्रोसियासँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।

त्यस्तै स्वीजरल्याण्ड समुह चरणमा समुह ए मा दोस्रो हुदै नक आउट चरणमा पुगेको हो । स्वीजरल्याण्ड समुह चरणमा अपराजित रहेको छ । स्वीजरल्याण्डले पहिलो खेलमा हंगेरीलाई ३-१ ले पराजित गरेको थियो भने दोस्रो खेलमा स्कटल्याण्डसँग १(१ को र तेस्रो खेलमा जर्मनीसँग १(१ गोलको बराबरी खेलेको थियो ।

इटाली र स्वीजरल्याण्डबीच अहिलेसम्म ६० खेल भएका छन् । जसमा इटालीले २९ खेल जितेको छ भने स्वीजरल्याण्डले ७ खेल जितेको छ । त्यस्तै २४ खेल बराबरी भएका छन् ।
 

खबरपाटी
खबरपाटी