सांसद देवकोटाले पाए संसद्‌मा प्रवेश

सांसद देवकोटाले पाए संसद्‌मा प्रवेश

काठमाडौं ।  माओवादीले सांसदबाटै निष्कासन गरिएका फणीन्द्र देवकोटालाई सर्वोच्चको अन्तरिम आदेशपछि संसद् बैठकमा प्रवेश दिइएको छ । सभामुख कृष्ण धितालले बिहीबारको बैठकमा तयारी नपुगेको भन्दै संसद् प्रवेशमा रोक लगाएका थिए । 

उनको पद थमौती भएको पत्र बुधबार नै संसद् सचिवालयमा दर्ता भएको थियो । तर सभामुखले प्रवेश दिएनन् । मिडियाले आलोचना गरेपछि शुक्रबारको बैठकमा उनलाई प्रवेश दिइएको हो । शुक्रबारको बैठकमा सभामुखले सर्वोच्चबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।

खबरपाटी
खबरपाटी