आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दै

आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्नेछ । 

बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्ति बहादुर बस्नेतले जलस्रोत विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव, जलस्रोत विधेयक, २०८१ प्रस्तुत गर्नेछन् ।  

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सभामा उत्पत्ति भएको राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन विधेयक, २०७९ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 


त्यस्तै संवैधानिक परिषद्का(म, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

खबरपाटी
खबरपाटी