एसईईमा ५२ प्रतिशत विद्यार्थी फेल हुनु भनेको नेतृत्वको ठूलो असफलता हो : कांग्रेस सांसद चन्द्र भण्डारी

एसईईमा ५२ प्रतिशत विद्यार्थी फेल हुनु भनेको नेतृत्वको ठूलो असफलता हो : कांग्रेस सांसद चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेस सांसद चन्द्रकान्त भण्डारीले माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजाले चिन्तित बनाएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता भण्डारीले शिक्षा प्रणालीमा फरक तरिकाले सोच्नुपर्ने बेला आएको बताए। 

उनले २१ औं शताब्दीमा एसईईमा ५२ प्रतिशत विद्यार्थी फेल हुनु भनेको विकासको सूचक अत्यन्तै नेगेटीभ र नेतृत्वको ठूलो असफलता भएको बताए । उनले एसईईको नतिजाले शैक्षिक लगानीमा राज्यको उदासिनता स्पष्ट देखिएको जिकिर गरे।

ुएकातिर बाढी पहिरोले नेपालीहरूलाई चिन्तित बनाएको छ। अर्कोतिर  बिहीबार सार्वजनिक भएको एसईईको नतिजाले मन खिन्न बनाएको छ। २१ औं शताब्दीमा प्रविधिको युगमा ५२ प्रतिशत विद्यार्थीहरू असफल हुनु भनेको विकासको सूचकको अत्यन्त ठूलो नेगेटिभ र नेतृत्वको ठूलो असफलता हो,ुउनले भने,ुशिक्षामा फरक तरिकाले सोच्नुपर्ने अवस्था आएको छ।ु


राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको हो।  परीक्षामा सहभागी भएका कूल विद्यार्थीमध्ये ४७।८६ प्रतिशत विद्यार्थमात्रै उत्तिर्ण भएका छन्। परीक्षामा सहभागी भएकामध्ये ५२।१४ प्रतिशत विद्यार्थीले ननग्रेड (एनजी)ल्याएका छन्।

गत चैत्र १५ गतेदेखि सुरू भएको एसईई परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी थिए।

खबरपाटी
खबरपाटी