बागमती प्रदेशसभा बैठक :आजै  बजेट पारित गर्ने तयारी

बागमती प्रदेशसभा बैठक :आजै  बजेट पारित गर्ने तयारी

काठमाडौं । बागमती प्रदेशसभा बैठक आज पनि बस्दै छ । बिहान ११ः३० बजे प्रदेशसभा सचिवालय हेटौँडामा बैठक बस्ने तय भएको छ । बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी छ । 

बैठकमा बजेटमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज कुमार गुप्ताले जानकारी दिए ।

उनका अनुसार बिहीबारको बैठकमा विभागीय मन्त्रीको जवाफ पछि बजेटको संशोधन प्रस्तावमाथि छलफल सहित निर्णय गरिनेछ । 

प्रदेशसभा सचिवालयमा बजेटमाथि ९ वटा संशोधन प्रस्ताव दर्ता भएको उनले बताए । सांसदहरूले बजेटको १९ वटा बुँदामा संशोधन दर्ता भएको उनले बताए । 

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६४ अर्व ५४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

खबरपाटी
खबरपाटी