आईसीसीको वरीयतामा दीपेन्द्रसिंह ऐरी खस्किए

आईसीसीको वरीयतामा दीपेन्द्रसिंह ऐरी खस्किए

काठमाडौं । टी२० विश्वकप क्रिकेट प्रतियोगितामा सुपर एटका खेल सकिएपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले टिम र खेलाडीको नयाँ वरीयता सार्वजनिक गरेको छ । 

नयाँ वरीयताअनुसार नेपालको वरीयता एक स्थान सुधार भएको छ । नेपाल १८ बाट १७ औँ स्थानमा आएको छ । भारत हालसम्म एक नम्बरमा रहेको छ । 

उता खेलाडीको वरीयता भने खस्किएको छ । नेपाल समूह चरणबाटै आउट हुँदा एक खेल पनि जितेको थिएन । जसको प्रभाव खेलाडीको वरीयतामा परेको छ । यसअघि अलराउन्डरतर्फ छैटौँ स्थानमा रहेका दीपेन्द्रसिंह ऐरीले एक स्थान गुमाएका छन् । भारतका हार्दिक पंड्याले चार स्थानको छलाङ लगाउँदा दीपेन्द्र एक स्थान खस्किएका हुन् । यसमा एक नम्बरमा श्रीलंकाका वाविन्दु हसरंगा छन् । 

अलराउन्डरतर्फ कप्तान रोहित पौडेलको एक स्थान सुधार भएको छ । उनी ५५ बाट ५४ औँ स्थानमा आएका छन् । कुशल मल्ल ३६ औँ स्थानमा यथावत छन् भने गुल्सन झा दुई स्थान खस्किएर ७० तथा कुशल भुर्तेल पनि दुई स्थान खस्केर ७१ औँ स्थानमा छन् । करण केसी ७५ औँ स्थानमा यथावत छन् । 

यस्तै ब्याटिङतर्फ दीपेन्द्रको वरीयता यथास्थानमा छन् । उनी ४६ औँ स्थानमा छन् । यस्तै कप्तान रोहित ६१ र ओपनर आसिफ शेख ७० औँ स्थानमा यथावत छन् । यसमा अस्ट्रेलियाका ट्रेभिस हेड एक नम्बरमा आएका छन् । 

बलिङतर्फ सोमपाल कामी ९१ औँ स्थानमा यथावत छन् भने दीपेन्द्र एक स्थान घटेर ९७ औँ स्थानमा छन् । 
 

खबरपाटी
खबरपाटी