आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठामाडौं। कैलालीमा विद्यालय जाने क्रममा चट्याङ लागेर ३ बालिका गम्भीर घाइते भएका छन् । बुधबार बिहान विद्यालय जाने क्रममा घोडाघोडी नगरपालिका–९ बुदेनी बस्ने बालिका गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक एपसी पदमबहादुर बिष्टले घाइते हुनेमा ९ वर्षीया सरस्वती भुल, ७ वर्षीय पारु कठात र १० वर्षीया खिमा कठात रहेको जानकारी दिए । उनकाअनुसार उनीहरुलाई मोहन्याम आधारभूत विद्यालय बुदेनीको गेटमा पुग्ने क्रममा चट्याङ लागेको थियो ।
गम्भीर घाइते बालिकालाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएको छ । उनीहरुलाई थप उपचारका लागि धनगढी ल्याउने तयारी छ ।