आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । मानव बेचबिखनको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–८ का ४२ वर्षीय मनोज महर्जन छन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।
वैदेशिक रोजगारी भनेर दुबई लगेर बेचेको भन्दै उद्दार भएर फर्केपछि एक महिलाले १९ चैतमा ब्यूरोमा जाहेरी दिएकी थिइन् । उनकै जाहेरीको आधारमा महर्जनलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता तथा एसपी गौतम मिश्रले जानकारी दिए ।
महर्जन यसअघि पनि वैदेशिक रोजगारीको कसुरमा ७ वर्ष कैद बसी २०७९ चैतमा छुटेको खुलेको छ ।