आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले भ्रष्टाचारविरुद्ध अझै निर्मम बन्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले मुख्य सचिव डा। बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको भन्दै यसले निजामती क्षेत्रसहित सम्पूर्ण क्षेत्रलाई लज्जित बनाएको बताएका हुन् ।
सांसद गैरेले ुमाथि भन्नुस्, माथिको आदेश छैन, माथि मिलाउनुपर्छ भोलि आउनुस्ु जस्ता स्वरले आम सेवाग्राहीलाई आजित बनाइरहेको बताए । उनले देशको स्थायी सरकारको प्रमुख पदमा रहेका मुख्य सचिवलाई नै भ्रष्टाचारको मुद्दा दायर हुनुले निजामती सेवा क्षेत्र कति समस्याग्रस्त भन्ने कुरा स्पष्ट हुने बताए ।
उनले निजामती कर्मचारीभित्र रहेको भ्रष्टाचारको जालो कति मजबुत छ भन्ने कुरालाई यसले स्पष्ट बनाएको बताए ।