आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काँक्रेविहार (सुर्खेत)- डोल्पाको शे-फोक्सुण्डो गाउँपालिकाको फोक्सुण्डो खोलामा डुबेर आज दिउँसो दुई बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काइके गाउँपालिका–५ का १२ वर्षीया रुबिना बिष्ट र १० वर्षीया सुबिना बुढा रहेका जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले जानकारी दिए ।
प्रहरीका अनुसार दुवै जना आज बिहान खाना खाएर फोक्सुण्डो खोला सरसफाइ गर्न भनेर गएका थिए । मृतक बिष्ट कक्षा ५ र बुढा कक्षा २ मा अध्ययनरत थिए । रासस