आइतबारसम्मका लागि लुम्बिनी प्रदेशसभा बैठक स्थगित

आइतबारसम्मका लागि लुम्बिनी प्रदेशसभा बैठक स्थगित

काठमाडौं ।  लुम्बिनी प्रदेश सभाको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । 

सरकारले ल्याएको बजेटमाथि असहमति जनाउँदै नेपाली कांग्रेसले संसदमा विरोध जनाएपछि संवादको लागि शुक्रबार आधा घण्टा स्थगित भएको बैठक सहमति नजुटेपछि  आइतबारसम्म लागि स्थगित भएको हो ।  

प्रदेशसभा सचिव दुर्भल कुमार पुन मगरलेले प्रदेशसभा बैठक आइतबारसम्म लागि स्थगित गरिएको जानकारी दिए ।   

कांग्रेस संसदीय दलका प्रमुख सचेतक जन्मजय तिमसेनाले सता पक्ष र प्रतिपक्षबिच भएको छलफलमा सहमति नभएको बताए । उनले सरकारले कृषि, सिँचाइ र विपन्न वर्गको लागि बजेट नल्याएको भन्दै आफूहरूले विरोध जनाएको बताए । उनले शनिबार दिउँसो ३ बजे फेरि एक पटक छलफल गर्ने सहमति भएको बताए ।

यसअघि प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले संघीयता विरोधी बजेट ल्याएको आरोप लगाएका थिए । कांग्रेसले विरोध गरेपछि सभामुख तुलाराम घर्ती मगरले छलफलका लागि बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए । तर उक्त छलफलमा पनि कुनै सहमति नभएपछि बैठक आइतबारसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । 

खबरपाटी
खबरपाटी