वाग्मती प्रदेशसभाको अवरोध हट्यो

वाग्मती प्रदेशसभाको अवरोध हट्यो

काठमाडौं । बजेटको विषयमा सर्वदलीय सहमति जुटेपछि वाग्मती प्रदेशसभाको अवरोध हट्ने भएको छ ।

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेट पुनर्लेखनको माग राख्दै बिहीबार सदन अवरुद्ध गरेको थियो । विपक्षीको अवरोधसँगै सूचना टाँस गरी शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक पटक(पटक गरी अहिले बस्न लागेको हो ।


सभामुख भुवनकुमार पाठकको सक्रियतामा बजेटमा प्रतिपक्षीको मागलाई सम्बोधन गर्ने, बजेटमा भएको त्रुटिहरुलाई सच्याउने सहमति भएपछि सदन सञ्चालन हुने भएको हो । प्रदेशसभा सचिवालयले सदन सञ्चालन हुने भएपछि कार्यसूचीसमेत प्रकाशित गरेको छ ।

कार्यसूचीअनुसार आर्थिक मामिला तथा योजनामन्त्री जगनाथ थपलियाले ‘मध्यमकालीन खर्च संरचना आर्थिक वर्ष २०८१/०८२ देखि ०८३/०८४ सम्म पेस गर्ने’ र आव २०८१/०८२ को बजेटमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सहमतिकै आधारमा प्रदेशसभा सञ्चालन हुने बताए । ‘प्रतिपक्षी र सत्तापक्ष सबैको माग बजेटमा समेटिएको छ,’ उनले भने ।

खबरपाटी
खबरपाटी