आज पनि सुनको मूल्य स्थिर, चाँदी घट्यो

आज पनि सुनको मूल्य स्थिर, चाँदी घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य दुई दिनदेखि स्थिर रहेर तोलाको १ लाख ४२ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।


मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।


तेजाबी सुनको मूल्य तोलाको १ लाख ४१ हजार ५ सय रूपैयाँ कायम भएको छ ।

यस्तै, बुधबार चाँदीको मूल्य तोलामा १० रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

खबरपाटी
खबरपाटी