आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । मुलुकका केही भेगमा जारी वर्षाका कारण कतिपय नदी तथा खोलामा आज जलसतह बढ्ने भएको छ ।
कोसीसहित मधेस, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भएको वर्षाका कारण बाढीको सम्भावना बढेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो तीन घण्टामा लमजुङ, गोरखा, सुनसरी, मोरङ, झापा र आसपासको क्षेत्रमा मध्यम वर्षा भइरहेको छ ।
थप वर्षा हुन सक्ने विभागको अनुमान छ । वर्षाका कारण सो क्षेत्र भई बहने स–साना खोलाहरूमा समेत बहाब बढ्ने भएकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।