सेयरबजारमा कारोबार रकममा गिरावट, ३ अर्ब ४० करोडको किनबेच

सेयरबजारमा कारोबार रकममा गिरावट, ३ अर्ब ४० करोडको किनबेच

काठमाडौ. । सेयरबजार परिसूचक हरियो भए पनि कारोबार रकममा गिरावट आएको छ। 


नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से सूचक २.२७ अंकले बढेर २०७८.७६ विन्दुमा छ। यस दिन ७२ लाख ९ हजार ७ सय ५७ कित्ता सेयर बिक्रीमा ३ अर्ब ४० करोडको कारोबार भएको छ। 


सेयर कारोबारमा ३९ प्रतिशत आयकर र १० प्रतिशत पुँजीगत लाभकर लिनुपर्ने कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुधार समितिको प्रस्तावसँगै धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको प्रक्रिया अन्योलग्रस्त हुँदा लगानीकर्ताको मनोबल कमजोर देखिएको छ। 

यसको प्रभाव कारोबारमा देखिएको हो। अघिल्लो दिन ४ अर्ब ५ करोडको कारोबार भएको बजारमा बुधबार ३ अर्ब ४० करोडको मात्रै किनबेच भएको छ। 

१३५ कम्पनीको सेयर बढे पनि १०४ कम्पनीको सेयर मूल्य घटेको छ। ८ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। आज नेपाल फाइनान्स, समाज लघुवित्तलगायतको सेयर बढ्दा लगानीकर्ताले कमाएका छन्। मनकामना स्मार्ट लघुवित्तको सेयर भने ९.८८ प्रतिशतले घटेको छ। आज नेपाल फाइनान्सको सर्वाधिक २० करोडको सेयर कारोबार भएको छ। 

खबरपाटी
खबरपाटी